भाजपाको घोषणा-पत्रमा जनजाति दिने र दार्जीलिङको समस्याको स्थायी राजनीतिक समाधानको प्रतिबद्धता

0
2150
भाजपाको घोषणा-पत्र सार्दजनिक गर्दै राजनाथ सिंह, नरेन्द्र मोदी र अमित शाह।

नयाँदिल्ली, 8 अप्रेल : भारतीय जनता पार्टीको घोषणा-पत्र सोमबार सार्वजनिक भएको छ, जसलाई सङ्कल्प पत्रको नाम दिइएको छ।

भाजपाको यो घोषणा-पत्रमा गोर्खा समुदायका जनजातिको मान्यता पाउनबाट  छुट्का 11 जातगोष्ठीलाई जनजातिको मान्यता दिने तथा दार्जीलिङ पहाड़ सिलगढ़ी तराई र डुवर्स क्षेत्रको समस्याको स्थायी राजनीतिक समाधानको प्रतिबद्धता जताइएको छ।

घोषणा-पत्रको 20 र 21औं नम्बरमा गोर्खाहरूका यी दुई मुद्दा परेका छन्। घोषणा पत्रमा ‘गोर्खा विषयको राजनीतिक समाधान’ उपशीर्षकको  20औं नम्बरमा भनिएको छ, – ‘हामी गोर्खा समुदायका जनजाति पाउनबाट छुटेका 11 जातगोष्ठीलाई जनजातिको मान्यता दिनेछौं।’

त्यस्तै 21 औं नम्बरमा भनिएको छ, ‘हामी दार्जीलिङ पहाड़, सिलगढ़ी तराई र डुवर्स क्षेत्रको मुद्दाको स्थायी राजनीतिक समाधान खोज्नका लागि कार्य गर्न प्रतिबद्धता जाहेर गर्छौं।’

यता, भाजपाले गोर्खाहरूको दुईवटा प्रमुख मागलाई घोषणा-पत्रमा सामेल गरेकोमा क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टी (क्रामाकपा)-ले स्वागत जनाउँदै यसलाई ‘गोर्खाहरूको ‘माग-यात्रा’-को पदचिह्न तयार भएको’ बताएको छ।

यी दुई मुद्दा घोषणा-पत्रको 40 औं पृष्ठमा उल्लेख छ।

अर्कोतिर, भाजपाले घोषणा-पत्रमा सिक्किम विधान सभामा लिम्बू-तामाङ समुदायका लागि सीट आरक्षण गर्ने प्रतिबद्धता पनि जताएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here