७६ दिनपछि वुहानबाट हट्यो लकडाउन

0
1708
फोटो-ब्याङ्कक पोस्ट।

बेजिङ, ८ अप्रेलः कोरोना महामारीको केन्द्र बनेको चीनको वुहान शहरबाट लकडाउन हटेको छ। यो लकडाउन ७६ दिनपछि हटेको हो।

बुधवार आधा रातपछि लकडाउन हटेपछि यतिका दिनसम्म  घरभित्रै बसिरहेका यहाँका मानिसहरू बाहिर निस्किन पाउनेछन्।

कोरोना भाइरसले मामिला प्रकाशमा आएपछि र यसले महामारीको रूप लिनथालेपछि २३ जनकारीका दिन वुहान शहरमा लकडाउनको घोषणा गरिएको थियो। जसको कारण यस शहरका ११ मिलियन जनसङ्ख्या घरभित्रै कैद भएका थिए।

वुहानलाई कोरोना भाइरसको केन्द्र मानिन्छ। यस शहरमा कोरोना भाइरसको कारण करिब ३३०० जनाले ज्यान गुमाए, जबकि ८२ हजारभन्दा अधिक सङ्क्रमित भएका थिए।

ताजा सरकारी आँकड़ाका अनुसार यस शहरमा कोरोना भाइरसको  मामिला तीव्र गतिमा घटेको छ।

मङ्गलवार जारी आँकड़ामा यस शहरमा एउटै पनि नयाँ मामिला प्रकाशमा आएन।

७६ दिनको लकडाउनअवधि वुहानका  नागरिकहरूलाई घरबाट बाहिर निस्कनका लागि कठोरतापूर्वक प्रतिबन्ध लगिएको थियो। यसअवधि आवश्यकीय काममा मात्र मानिसहरूलाई बाहिर जानका लागि अनुमति दिइएको थियो। शहरका सबै सीमालाई सील गरिएको थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here