बेजिङ, ८ अप्रेलः चीनमा पुनः कोरोना भाइरसको मामिला बढ़ेको छ। चीनको नेशनल हेल्थ कमिशनका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाको ६२ नयाँ प्रकाशमा आएको छ।
यसका साथै १३७ यस्ता मामिला प्रकाशमा आएको छ, जसको कुनै स्पष्ट लक्षण छैन। जसको कारण यसलाई अझ खतरनाक मानिँदैछ।
उल्लेखनीय छ, यो मामिला पछिल्लो दिनको तुलनामा धेरै हो। सोमवार कोरोना भाइरसका केवल ३२ नयाँ मामिला प्रकाशमा आएको थियो।
बिना स्पष्ट लक्षणको मामिला केवल ३० रहेको थियो।
चीनमा मङ्गलवार कोरोनाको कारण दुईजनाको मृत्यु भयो, जबकि सोमवार कसैको पनि मृत्यु भएन। पहिलोपटक यस्तो भएको हो।
मङ्गलवार मृत्यु हुनेहरूमा एकजना सङ्घाई र अर्का हुबे प्रान्तका हुन्। हुबे प्रान्तमै वुहान शहर छ, जुन शहरलाई कोरोना भाइरसको केन्द्र मानिन्छ।
स्रोत-बीबीसी
अत्यन्त चिन्ताको बिषय।