आईसीएसईमा रिषभ दियाली कालेबुङ जिल्लामै टप्पर

0
2207
कालेबुङ जिल्लामै टप्पर भएका रिषभ दियाली।

मुकेश शर्मा

कालेबुङ, 8 मई : कालेबुङस्थित सेन्ट अगस्टिन स्कूलका विद्यार्थी रिषभ दियालीले आईसीएसईको बोर्ड परीक्षामा 97.4 प्रतिशत अङ्क ल्याएर कालेबुङ टप्पर बनेका छन्। रिषभ  कालेबुङ रौसे निवासी हुन्। उनी कालेबुङ जिल्लामा मात्र नभएर दार्जीलिङ पहाड़भरिमै टप्पर हुनसक्ने अनुमान गरिएको छ।

त्यस्तै रकभेल एकाडेमीका विद्यार्थी रोहण थापा 95.4 तथा सेन्ट जोसेफ कन्भेन्टकी सौरभी अगरवालले 95.2 प्रतिशत अङ्क प्राप्त गरेका छन्। रोहण थापा र सौरभी अगरवालले कालेबुङ जिल्लामा क्रमैले दोस्रो र तेस्रो स्थान ओगटेका छन्।

प्राप्त जानकारीका अनुसार कालेबुङका प्रायः सबै स्कूलका शतप्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। यसैबीच विज्ञान, वाणिज्य र  कला विषयमा ग्राह्म होम्ससे कालेबुङ जिल्लामा नै सबैभन्दा राम्रो परिणाम ल्याएको छ। यो स्कूलकी छात्रा छेमिला शेर्पाले विज्ञान विषयमा 94.5, दीक्षा जैनले वाणिज्यमा 96.25 र रेबिका पलले  96.75 अङ्क प्राप्त गरेकी छन्।

अर्कोतिर आईसीएसई स्कूल कालेबुङका संयोजक कप्तान प्रकाशमणि प्रधानले कालेबुङ जिल्लाका स्कूलहरूको प्रदर्शनमा खुशी व्यक्त गरेका छन्। प्रधानका अनुसार पछिल्ला केही वर्षहरूको तुलनामा यसवर्ष कालेबुङका स्कूलहरूको प्रतिशतमा वृद्धि भएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here