थपिए 200 सङ्क्रमित नयाँ मामिला, पाँचजनाको मृत्यु

0
1021

गान्तोक, 8 मईः कोरोना सङ्क्रमणको कारण आज पाँचजनाको मृत्यु भएको स्वास्थ्य विभागले जानकारी दिएको छ।

यससितै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या 165 पुगेको छ।

आज भएका सबै मृत्यु एसटीएनएम अस्पतालबाट रहेको थाहा लागेको छ।

राज्यमा 24 घण्टाको अन्तरालमा कोरोना सङ्क्रमणबाट भएको यो सर्वाधिक मृत्यु हो।

अर्कोतिर राज्यमा हिजोको तुलनामा आज कोरोना भाइरस पोजिटिभ मामिलामा केही गिरावट देखिएको छ।

हिजो 268 नयाँ पोजिटिभ मामिला दर्ता गरिएको थियो, जो आज घटेर 200 बनेको छ, जसमा पूर्व जिल्लाबाट सबैभन्दा बढ़ी 121 मामिला रहेका छन् भने पश्चिम जिल्लाबाट 17 र उत्तर जिल्लाबाट चारवटा नयाँ पोजिटिभ मामिला दर्ता गरिएको छ।

यसरी नै दक्षिण जिल्लबाट आज पनि 58 नयाँ पोजिटिभ मामिला दर्ता गरिएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here