सुदनमाथि हमला गर्ने र हमला गर्न उक्साउनेविरुद्ध कारबाही हुनुपर्छ: विष्ट

0
22

दार्जिलिङ, ८ मईः दार्जिलिङका सांसद राजु विष्टले सुदन गुरुङमाथि भएको हमलाको तीखो शब्दमा कडा शब्दमा विरोध जनाउँदै हमलामा संलग्न दोषीहरूलाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।

“पहाडको शिक्षामा भइरहेको भ्रष्टाचारविरुद्ध लडिरहेका शिक्षित युवा सुदन गुरुङमाथि प्राणघातक हमलाले भएको खबरले म अत्यन्तै दुखित र आक्रोशित बनेको छु”, विष्टले भनेका छन्,  “सुदन गुरुङमाथि हमला गर्ने र हमला गर्न उक्साउनेहरूविरुद्ध पुलिस प्रशासनले कारबाही गर्नुपर्छ ।”

उनले आफू सुदन गुरुङको साथमा रहेका बताउँदै  दार्जिलिङ पहाडका सम्पूर्ण युवाहरूलाई सुदन गुरुङ र उनको कार्यलाई समर्थन गर्न आह्वान गरेका छन् ।

विष्टले आफू पुलिस प्रशासनसँग सम्पर्कमा रहेको र घटनाबारे विस्तृत जानकारी लिइरहेको पनि बताएका छन् ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here