बङ्गालमा ३० जूनसम्म बढ़्यो लकडाउन

0
1140
ममता ब्यानर्जी (फोटोः एएनआई ट्विटर)।

कोलकाता, ८ जूनः बङ्गालमा आउँदो ३० जूनसम्म लकडाउन बढ़ेको छ। आज राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले राज्यमा ३० जूनसम्म लकडाउन बढ़ाउने घोषणा गरिन्।

राज्यमा कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा बढ़ेपछि यस्तो निर्णय लिइएको हो। किनभने बङ्गालमा केही दिनयता लगातार कोरोना भाइरसका मामिला बढ़िरहेको छ।

‘हामीले पश्चिम बङ्गालमा ३० जूनसम्म लकडाउन बढ़ाउने निर्णय गरेका छौं’, ममताले भनेकी छन्।

उल्लेखनीय छ, पछिल्लो २४ घण्टामा राज्यमा कोरोना भाइरसका ४४९ नयाँ मामिला प्रकाशमा आएको थियो। त्यहीं १३ जनाको मृत्यु भएको थियो।

आइतवार बेलुकीसम्मको आँकड़ाका अनुसार बङ्गालमा कुल कोरोना सङ्क्रमित सङ्ख्या ८ हजार १ सय ८७ पुगेको छ, जसमा  ४ हजार ४ सय ८८ एक्टिभ केस रहेको छ।

अर्कोतिर अहिलेसम्म कोरोना भाइरसका केवल ३४ मामिला रहेको  मिजोरममा पनि लकडाउनलाई आउँदो दुई सातासम्मका लागि बढ़ाउने निर्णय गरिएको छ।

आज मिजोरमका मुख्यमन्त्री जोरामथाङ्गाको अध्यक्षतामा कोरोना भाइरसलाई लिएर बसिएको बैठकमा सतर्कता अपनाउँदै राज्यमा थप दुई सातासम्म लकडाउन बढ़ाउने निर्णय गरिएको हो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here