दोहा, 8 जूनः सुनिल छेत्रीले अन्तर्राष्ट्रिय गोल सङ्ख्यामा अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीलाई पछि छोड़ेका छन्।
हिजो दोहाको जसिम बिन हमद स्टेडियममा विश्वकप छनौट खेलमा बङ्ग्लादेशविरुद्ध जोड़ी गोल गरेका ब्लू टाइगर्सका कप्तान 36 वर्षीय छेत्रीले विश्वकै सर्वश्रेष्ठ फुटबलरमध्ये एक मेस्सीलाई पछि पारेका हुन्।
छेत्रीको अन्तर्राष्ट्रिय गोल सङ्ख्या 74 पुगेको छ। यससँगै अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक गोल गर्ने एक्टिभ फुटबलरको सूचीमा सुनिल दोस्रो स्थानमा उक्लेका छन्।
पहिलो स्थानमा पोर्तुगेली सुपरस्टार क्रिस्टियानो रोनाल्डो छन्। गोल मशिन रोनाल्डोले अहिलेसम्म 103 गोल गरेका छन्।
यसैगरी तेस्रो स्थानमा युएईका स्टार स्ट्राइकर अली मब्खौत रहेका छन्। उनले अन्तर्राष्ट्रिय म्याचमा अहिलेसम्म 73 गोल गरिसकेका छन्।
अन्तर्राष्ट्रिय गोल सङ्ख्यामा मेस्सी चौथो स्थानमा छन्, जसले अहिलेसम्म 72 गोल गरेका छन्।