लिम्बू भाषा-संस्कृतिका धरोहर पद्मश्री बीबी मुरिङ्लाको निधन

0
984

गान्तोक, ८ जूनः लिम्बू भाषा-संस्कृतिका ज्ञाता साहित्यकार पद्मश्री बीबी मुरिङ्ला अब हामीबिच सशरीर रहनेनन्। आज अपराह्न करिब ३ बजी उनको गान्तोकको सोचेग्याङस्थित न्यु एसटीएनएम अस्पतालमा ७९ वर्षको उमेर निधन भयो।

उनको जन्म पश्चिम सिक्किमको गेजिङअन्तर्गत लिङ्चोम गाउँमा १९४३ मा भएको थियो।

स्वास्थ्यमा समस्या देखिएपछि लिम्बू-भाषा संस्कृतिका सर्वोच्च धरोहर बीबी मुरिङ्लालाई हिजो अर्थात ७ जूनका दिन उपचारका लागि एसटीएनएम अस्पतालमा भर्ना गरिएको थियो।

नेपाली भाषा साहित्यमा समेत कलम चलाएका बहुप्रतिभाशाली उनी गायक-सङ्गीतकार, कवि लिम्बू भाषाका पहिलो पाठ्यपुस्तक लेखक र सम्पादक पनि थिए ।

लिम्बू भाषा र संस्कृतिमा पुऱ्याएको उल्लेखनीय योगदानको कदर गर्दै उनलाई २०१७ पद्मश्री पुरस्कारले सम्मानित गरिएको थियो।

यति मात्र भाषा र संस्कृतिमा अतुलनीय योगदानका लागि २०१६ मा उनलाई प्रतिष्ठित भानु पुरस्कारद्वारा पनि सम्मानित गरिएको थियो । पाठ्यपुस्तकबाहेक लिम्बू र नेपाली भाषाका गरी उनका एक दर्जन बढी कृति प्रकाशित छन्।

उनले आफूपछि दुई छोरी- ज्वाइँ, नाता-नातिनी छाडिगएका छन्। उनको निधनले शोकको लहर छाएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here