पृथ्वी मातालाई एक दिन पालनः प्लास्टिक प्रयोगमा नियन्त्रण ल्याउन मुख्यमन्त्रीको अपील

0
1020

गान्तोक, ८ जुलाईः राज्यका मुख्यमन्त्री पीएस गोलेले हिजो (मङ्गलबार) पृथ्वी मातालाई एक दिन कार्यक्रम-मा अंशग्रहण गर्दै राजधानी नजिकैको फामबोङ्लो वन्यजन्तु अभयारण्य गोलीटारमा बिरुवा रोपे।

सिक्किम क्रान्तिकारी मोर्चाको सरकार गठन भएपछि मुख्यमन्त्रीले प्रत्येक वर्षको ७ जुलाईका दिन पृथ्वी मातालाई एक दिन कार्यक्रमअन्तर्गत पर्यावरण संरक्षण हेतु काम गरिने घोषणा गरेका हुन्।

कार्यक्रममा वनमन्त्री कर्मा लोडे भोटिया र अन्य मन्त्रीहरूले पनि सहभागिता जनाएका थिए। यसअवधिमा मुख्यमन्त्रीले यहाँको ओपन एयर बायोडाइभर्सिटी थिएटरको पनि उद्घाटन गरे।

कार्यक्रमकै अवसरमा वन संरक्षण एवं पर्यावरण पुरस्कार साथै विद्यार्थीहरूलाई लिएर विभागद्वारा आयोजित विभिन्न प्रतियोगिताका विजेताहरूलाई पुरस्कृत गरियो।

कार्यक्रमलाई सम्बोधन राख्दै मुख्यमन्त्री गोलेले आम मानिसहरूलाई प्लास्टिकको प्रयोगमा नियन्त्रण गर्न अनि आफू बसेका वरपरको क्षेत्रलाई स्वच्छ राख्न आग्रह गरे।

पर्यावरणको संरक्षणबारे वर्षमा एक दिन मात्र सचेत नबनेर ३६५ दिन नै यसमा समर्पित हुनुपर्ने कुरामा उनले विशेष जोड़ दिए।

प्रकृतिको संरक्षण नभए मानव सम्भता नै नष्ट हुनसक्ने मुख्यमन्त्रीको भनाइ थियो।

यसैगरी वैश्विक महामारीको वर्तमान स्थितिबारे बोल्दै सरकारले रम्फू चेकपोस्टबाट राज्यभित्र छिर्ने प्रत्येक नागरिकको चेकपोस्टमै एन्टिजेन टेस्ट गर्ने मुख्यमन्त्रीले घोषणा गरे।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here