सिलगढ़ी, ८ जुलाईः सिलगढ़ी नगरनिगमका ९ वटा वार्डमा भोलि अर्थात् बिहीवार बेलुकी ५ बजीदेखि ७ दिनसम्मका लागि कठोर लकडाउन लागू हुनेछ। कोरोना सङ्क्रमण बढ़ेपछि यी ९ वटा वार्डलाई कन्टेनमेन्ट जोन घोषित गरिएको छ।
आज सिलगढ़ीमा बसिएको दार्जीलिङ जिल्ला टास्क फोर्सको बैठकमा यस्तो निर्णय लिइएको हो।
कठोर लकडाउन हुने वार्डहरूमा २, ४, ५, २८, ३७, ३८, ३९, ४३ र ४६ नम्बर रहेका छन्।
सिलगढ़ी नगरनिगमका २, ४, ५, २८ र ४६ नम्बर वार्ड दार्जीलिङ जिल्लाअन्तर्गत पर्छन् भने ३७, ३८, ३९ र ४३ नम्बर वार्ड जलपाइगढ़ी जिल्लामा पर्छन्।
उल्लेखनीय छ, केही दिनयता सिलगढ़ी नगरनिगम क्षेत्रमा कोरोना भाइरसको सङ्क्रमण अत्यधिक बढ़िरहेको छ।