राज्यपालले मागे जीटीएका सम्पूर्ण हरहिसाब

0
1083
(फाइल फोटो)।

दार्जीलिङ, ८ जुलाईः राज्यपाल जगदीप धनखड़ले जीटीए अस्तित्वमा आएदेखि यता अहिलेसम्मका कति राशि आयो, त्यसको वार्षिक रूपले  रिपोर्ट दिने निर्देश दिएका छन्।

उनले केन्द्र र राज्य सरकार जीटीएमा अहिलेसम्म कति राशि आइसकेको छ, त्यसको विस्तृत रिपोर्ट मागेका छन्।

साथै 2011-12 देखि यताको वार्षिक एकाउण्टको जानकारी पनि दिने निर्देश दिएका छन्।

जीटीएका मुख्य सचिव सुरेन्द्र गुप्तालाई यसबारे आगामी 7 दिनभित्र रिपोर्ट दिने उनले निर्देश दिएका छन्। उल्लेखनीय छ, सुरेन्द्र गुप्ता अहिले जीटीएका प्रशासक पदमा पनि छन्।

यति मात्रै होइन, राज्यपालले जीटीएलाई राज्यबाट भएका सम्पूर्ण कम्युनिकेशन्सका प्रतिलिपिहरूसँगै यसमाथि जीटीएको प्रतिक्रियाहरूको पनि जानकारी गराउने निर्देश दिएका छन्।

यसैगरी ती कार्यकालहरूमा को-को मुख्य कार्यकारी अधिकारी थिए, त्यसको पनि जानकारी गराउने निर्देश दिएका छन्।

उल्लेखनीय छ, करिब एक साता दार्जीलिङ बसेका राज्यपाल जगदीप धनखड़ले पछिल्लो 28 जूनका दिन कोलकाता प्रस्थान गर्नअघि आफ्नो कानुनी अधिकार र क्षमताअनुसार जीटीएको स्पेशल अडिट क्यागमार्फत् गराउने बताएका थिए, ताकि हिजोका दिनमा जीटीएको बोर्ड अव् एड्मिनिस्ट्रेशनमा बसेकाहरूलाई जिम्मेवार ठहऱ्याउन सकियोस्।

त्यस दिन उनले जीटीएमा हजारौँ करोड़ रुपियाँ आए पनि त्यस राशिबाट जीटीए क्षेत्रका कुनै ठोस विकास नभएको पनि बताएका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here