विमलपन्थी मोर्चा टोलीले भेट्यो अभिषेक ब्यानर्जी- शीघ्र स्थायी राजनीतिक समाधानको अनुरोध

0
927

दार्जीलिङ, ८ जुलाईः कोलकाता भ्रमण रहेको विमलपन्थी मोर्चा टोलीले राज्यका विभिन्न मन्त्री र तृणमूल कङ्ग्रेसका शीर्ष नेतृत्वलाई भेटिरहेको छ।

यसैक्रममा आज बेलुकी यस टोलीले तृणमूल कङ्ग्रेसका महासचिव एवं लोकसभा सांसद अभिषेक ब्यानर्जीसँग भेट गरी स्थायी राजनीतिक समाधानका लागि शीघ्र पहलको अनुरोध गरेको छ।

यसअवसरमा पीडब्ल्यूडी एवं कानून मन्त्री मलय घटक र उपस्थित थिए।

रोशन गिरी र डा. आरबी भुजेल सम्मिलित रहेको टोलीले 2021-को विधानसभा चुनाउको चुनावी घोषणा-पत्रमा उल्लेख गरिएको पहाड़, तराई अनि डुवर्सको स्थायी राजनीतिक समाधानको मुद्दा तथा 12 दिसम्बर 2020 का दिन मुख्यमन्त्री ममता ब्यानर्जीले आफैले पनि जलपाइगढ़ीमा पहाड़ तराई अनि डुवर्सलाई लिएर स्थायी राजनीतिक समाधान गरिने बताइएकी कुरालाई स्मरण गराउँदै यथाशीघ्र यसका लागि पहल गरिदिने अनुरोध गरेको छ।

अर्कोतिर अभिषेक ब्यानर्जीले यस कुरालाई शीघ्रै मुख्यमन्त्री ममता ब्यानर्जीसमक्ष राखिदिने प्रतिश्रुति दिएको पनि बताइएको छ।

उल्लेखनीय छ, आजै यस प्रतिनिधि टोलीले खाद्य मन्त्री रतिन घोष र श्रम मन्त्री बेचा राम मन्नासँग भेट गरी विभिन्न विषय माग राखेको थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here