साहित्यकार विमल खतिवडा ‘माइला’-को निधन

0
32

सिलगढी, जुलाईः साहित्यकार विमल खतिवडा ‘माइला’ अब हामीबिच सशरीर रहेनन् । हिजो (सोमवार) राति सिलगढीको एक नर्सिङ होममा उपचाराधीन अवस्थामा उनको निधन भएको हो ।

पारिवारिक सूत्रका अनुसार अचानक पेटसम्बन्धी रोगले सिकिस्त पारेपछि सिलगढीको एक नर्सिङ होममा भर्ती गरिएको थियो ।

साहित्यकार खतिवडा ४५ वर्ष पुगेका थिए ।

२२ जुलाई १९८० मा कालेबुङको पेदोङस्थित कास्योनमा जन्मेका साहित्यकार विमल खतिवडा ‘माइला’ केही वर्षदेखि सिलगढी बस्दै आएका थिए ।

उनी सिलगढीकै एक निजी विद्यालयमा शिक्षकका रूपमा कार्यरत् थिए । विमल खतिवडाको उडान खण्डकाव्य प्रकाशित छ । यो खण्डकाव्य २०२४ मा प्रकाशित भएको हो ।

यसबाहेक उनका फुटकर गजल र कविता विभिन्न पत्र पत्रिकामा प्रकाशित छन् ।

साहित्यकार खतिवडाको पार्थिव शरीरलाई पैतृकथलो कालेबुङ पेदोङ लगिँदै छ, जहाँ अन्तिम संस्कार गरिनेछ ।

उनले आफूपछि आमा-बाबा, श्रीमती र दुई छोरा छाडिगएका छन् । उनको निधनले नेपाली साहित्य जगत्‌मा शोक छाएको छ ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here