धारा ३७० हटाउने निर्णय ऐतिहासिक : प्रम मोदी

0
1631
राष्ट्रलाई सम्बोधन गर्दै प्रम मोदी (फोटो साभार-एएनआई ट्विटर)।

नयाँ दिल्ली, ८ अगस्त : प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मू-कश्मीरबाट धारा ३७० हटाउने निर्णयलाई ऐतिहासिक निर्णय बताएका छन्। धारा ३७० समाप्त गरेपछि पहिलोपटक देशलाई सम्बोधन गर्दै उनले भने, ‘एक राष्ट्रको रूपमा, एक परिवारको रूपमा तपाईंले हामीले, सम्पूर्ण देशले एक ऐतिहासिक फैसला लिएका छौं। एक यस्तो व्यवस्था, जसको कारण जम्मू-कश्मीर र लद्दाखका हाम्रा दाजु-भाइ, दिदी-बहिनीहरू अनेक अधिकारहरूबाट वञ्चित थिए, जुन उनीहरूको विकासमा बाधा बनेको थियो, त्यो हामी सबैका प्रयासहरूबाट अब टाढ़ा भएको छ।’

प्रधानमन्त्रीले थप भने, ‘जुन सपना सरदार पटेलको थियो, जुन सपना बाबा साहेब अम्बेडकरको थियो, डा. श्यामा प्रसाद मुखर्जीको थियो, अटलजी र करोड़ौं देशभक्तको थियो, त्यो पूरा बएको छ। अब देशका सबै नागरिकका हक र अधिकार समान भएका छन्।’ यसैगरी प्रधानमन्त्रीले धारा ३७० र ३५ (ए)-ले जम्मू कश्मीरलाई अलगाववाद, आतङ्कवाद, परिवारवादर व्यवस्थामा व्यापक भ्रष्टाचारबाहेक अर्थोक केही नदिएको बताए। उनले धारा ३७०  र ३५  ए कै कारण तीन दशकमा जम्मू-कश्मीरमान 42 हजार निर्दोष मानिस मारिएको पनि बताए। ‘हाम्रो देशमा कुनै पनि सरकार होस्, उसले संसदमा कानून बनाएर देशको भलाइका लागि नै काम गर्छ’, उनले थपे, ‘तर संसदले यति धेरै सङ्ख्यामा कानून बनायो। तर, ती कानूनहरू देशकै एक भागमा कानून नै भएन। यसबारे कसैले कल्पना नै गर्नसक्दैन।’

प्रम मोदीले केही कालखण्डका लागि जम्मू-कश्मीरलाई सोझै केन्द्र सरकारको शासनमा राख्ने फैसला धेरै सोचीसम्झी लिएको पनि बताए। उनले भने, ‘नयाँ व्यवस्थामा राज्यका कर्मचारीहरूलाई, जम्मू-कश्मीर पुलिसलाई, अन्य केन्द्रशासित प्रदेशका कर्मचारीहरू र पुलिसको बराबर सुविधा प्राप्त होस् भन्ने केन्द्र सरकारको प्रथामिकता रहनेछ।’ जम्मू-कश्मीर र लद्दाखका मानिसहरूलाई धारा ३७० ले हानि पुगिरहेको तर यसबारे कसैले चर्चा नगरेको पनि प्रम मोदीले बताए।

उनले भने, ‘चाँड़ै जम्मू-कश्मीर र लद्दाखमा केन्द्रिय र राज्यका रिक्त पदहरू भर्ने प्रक्रिया शुरु गरिनेछ। यसले स्थानीय नवयुवकहरूलाई रोजगारको अवसर उपलब्ध हुनेछ। केन्द्रको सर्वजनिक क्षेत्रका कम्पनीहरू र निजी क्षेत्रका कम्पनीहरूलाई पनि रोजगार उपलब्ध गराउनरा लागि प्रोत्साहित गरिनेछ।’ यसका साथै प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा जम्मू-कश्मीर र लद्दाखका मानिसहरूलाई त्यहाँका मानिसहरूको वर्तमान सुधार्ने तथा भविष्य सजाउने विश्वास जताए। साथै देशवासीहरूसँग नयाँ भारतसँग सँगै शान्त, सुरक्षित र समृद्ध नयाँ जम्मू-कश्मीर र लद्दाखको निर्माणका लागि गरे।

उनले थप भने, ‘अब जम्मू-कश्मीर र लद्दाख पनि विकासको दौड़मा तीव्र गतिमा घि बढ़्नेछ। त्यहाँका मानिसहरूलाई पनि शिक्षा, चिकित्सा र रोजगारको मौका प्राप्त हुन्छ।’ उनले जम्मू-कश्मीरमा चाँड़ै विधानसभा चुनाउ हुने तथा परिस्थिति सामान्य बन्ने भरोसा जताए। साथै परिस्थिति सामान्य बनेपछि कश्मीरलाई फेरि पूर्ण राज्य बनाउने सङ्केत दिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here