रिया चक्रवर्ती पक्राउ

0
1042
फोटोः एएनआई ट्विटर।

नयाँ दिल्ली, 8 सेप्टेम्बरः तीन दिनसम्म लगातार केरकार गरेपछि नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी)-ले रिया चक्रवर्तीलाई पक्राउ गरेको छ।

सुशान्त सिंह राजपुत केससँग जड़ित ड्रग्स मामिलाबारे जाँच गरिरहेको एनसीबीले आज रियालाई पक्राउ गरेको हो। सुशान्त सिंह केसमा  अभिनेत्री रियालाई मुख्य आरोपी मानिएको छ।

एनसीबीले उनलाई 8 (सी), 27 (ए), 29, 20 (बी) र 28 धाराहरूअन्तर्गत पक्राउ गरेको छ।

अब उनलाई भोलि  (9 सेप्टेम्बर)-का दिन अदालतमा प्रस्तुत गर्ने बताइएको छ।

मुख्य कुरा के छ भने रिया चक्रवती ड्रग्‍स मामिलामा पक्रा परेकी हुन्, सुशान्त सिंह राजपुतको मृत्यु मामिलामा होइन। नार्कोटिक्स कन्ट्रोल ब्युरोले सुशान्तसिंह राजपुत केससँग जड़ित ड्रग्स मामिलाको जाँच गरिरहेको छ।

पक्राउपछि रियालाई मेडिकल टेस्टका लागि लगिएको छ। उनको कोरोना टेस्ट पनि गरिनेछ।

सूत्रका अनुसार ड्रग्स उपलब्ध गराउन सहयोग गरेको कुरालाई रियाले स्वीकारेपछि एनसीबीले रियाले पक्राउ गरेको हो।

यति मात्र होइन, ड्रग्स पेडलर्ससँग नियमित सम्पर्कमा रहेको कुरालाई पनि उनले स्वीकारेकी छन्।

यसपछि नै रियालाई 67, एनडीपीएस एक्‍टअन्तर्गत पक्राउ गरिएको बताइएको छ। भोलि अदालतमा प्रस्तुत गरी थप केरकारका लागि रिमान्ड मागिने बताइएको छ। भिडियो कन्फ्रेन्सिङमार्फत् अदालतको कार्वाही चल्नेछ।

(स्रोतः नवभारत टाइम्स)

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here