सिक्किममा कोरोना सङ्क्रमित जवानको मृत्यु

0
1024

गान्तोक, 8 सेप्टेम्बरः सिक्किममा कोरोना सङ्क्रमित थप एकजनाको मृत्यु भएको छ। जानकारीका अनुसार 43 वर्षीय व्यक्तिको हिजो मृत्यु भएको हो।

जानकारीका अनुसार मृतक व्यक्ति सेनाका जवान हुन्। हिजो उनलाई मुटुसम्बन्धी समस्या देखिएपछि एसटीएनएम अस्पतालमा उपचारका लागि ल्याइएको थियो। यद्यपि अस्पताल ल्याउनअघि नै उनको  मृत्यु भएको बताइएको छ।

त्यसपछि मृतकको ट्रुनेटबाट कोरोना टेस्ट गर्दा आज टेस्ट रिपोर्ट पोजिटिभ आएको राज्यको स्वास्थ्य विभागले बताएको छ। मृतक जवानको ड्युटी पूर्व सिक्किमको थेगुमा थियो।

यसैबीच, उनको प्राथमिक सम्पर्कमा आएका अन्य जवानहरूलाई सेनाले आइसोलेशन गरेको पनि बताइएको छ। यी सेना जवानको मृत्युसँगै सिक्किममा कोरोना भाइरसका कारण मृत्यु हुनेहरूका सङ्ख्या 7 पुगेको छ।

अर्कोतिर आज राज्यमा कोरोना भाइरसका 19 नयाँ मामिला अघि आएको छ। यससँगै सिक्किममा कोरोना सङ्क्रमित कुल सङ्ख्या 1958 पुगेको छ, जसमध्ये 1413 जना स्वस्थ भई आ-आफ्नो घर फर्केका छन् भने राज्यमा अहिले एक्टिभ केस 538 रहेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here