बङ्ग्लाका साहित्यकार नवनीता देव सेनको निधन

0
1467
साहित्यकार नवनीता देव सेन।

कोलकाता, ८ नोभेम्बरः बङ्ग्ला भाषाकी वरिष्ठ साहित्यकार पद्मश्री नवनीता देव सेन (८१)-को बिहीवार बेलुकी निधन भएको छ। उनको निधनले बङ्ग्ला साहित्य जगतमा शोकको लहर छाएको छ।

उनी क्यान्सरमा पीड़ित थिइन्। हिजो बेलुकी करिब ७.३५ बजे निजीनिवासमा उनको निधन भएको बताइएको छ।

सन् १९९९ मा ‘नटी नवनीता’ कृतिका लागि उनलाई साहित्य अकादमी पुरस्कार अर्पण गरिएको थियो। यसको एक वर्षपछि अर्थात् २०००–मा उनी पद्माश्री सम्मानले सम्मानित भएकी थिइन्।

१९५९ मा साहित्यकार सेनको पहिलो कविता सङ्ग्रह ‘प्रथम पाताय’ र १९७६-मा पहिलो उपन्यास ‘आमि अनुपम’-प्रकाशित भएको थियो।

अर्कोतिर साहित्यकार नवनीता देव सेनको निधनमा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी, र साहित्यकार बुद्धदेव गुप्तले गहिरो शोक व्यक्त गरेका छन्।

साहित्यकार नवनीता सेनको जन्म १३ जनवरी १९३८-मा कलकत्तामा भएको थियो। उनका पिता नरेन्द्रनाथ देव र आमा राधारानी देवी दुवै कवि थिए।

‘बमा बोधिनी’, नटी नवनीता, ‘श्रेष्ठा कविता’ र ‘सीता ठेके शुरु’ उनका लोकप्रिय कृति हुन्। उल्लेखनीय छ, साहित्यकार सेन प्रसिद्ध अर्थशास्त्री अमर्त्य सेनकी पहिलो पत्नी हुन्। उनीहरू दुवैले १९५८-मा विवाह गरेका थिए। यद्यपि उनीहरू १९७८ छुट्टेका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here