वाहनको धक्काले हात्तीको छावा घाइते

0
1627
हात्तीले कुल्चेर क्षतिग्रस्त बनाएको वाहन।

सिलगढ़ी, 8 नोभेम्बरः द्रूत गतिमा गुड़िरहेको एउटा कारले धक्का दिँदा हात्तीको छावा गम्भीर घाइते भएको छ। यो घटना बिहीवार राति नक्सलबारी खण्डअन्तर्गत किरणचन्द्र चियाकमाननजिक एशियन हाइवे-2 मा भएको हो।

छावा घाइते भएपछि एक हात्तीले उक्त कारलाई कुल्चिएर क्षतिग्रस्त बनाएको छ। यद्यपि यो घटनामा वाहन चालक र उनका साथीले भने भागेर आफ्नो ज्यान बचाउन सफल भएका छन्।

प्रत्यक्षदर्शीहरूका अनुसार यो घटना हिजो राति 8.30 बजेतिर भएको हो। उनीहरूका अनुसार उक्त उक्त छावाको आमाले सड़क पार गरेपछि द्रूत गतिमा गाड़ी हाक्ने हुँदा आमाको पछि पछि सड़क पार गर्नलागेको छावालाई नराम्रो ठक्कर दिइएको हो।

कारको ठक्करले घाइते भएको छावा जोड़ले कराएपछि पछाड़ि फर्केर आएको आमा हात्तीले कारलाई कुल्चेर क्षतिग्रस्त बनाएको हो। हात्ती फर्केको देखेपछि वाहनका चालक र उनका साथीले हतार हतार भागेर ज्यान जोगाएको बताइएको छ।

घटनाबारे सूचना पाएपछि वन विभागका अधिकारीहरू घटनास्थलमा पुगेका थिए। यसपछि उनीहरूले घण्टौं लगाएर घाइते छावालाई खोज्दा रेलवे लिकनजिक भेटाएका थिए। वाहनको धक्काले घाइते भएको उक्त छावालाई हिँड्नै गाह्रो भइरहेको वन विभागका अधिकारीहरूले बताएका छन्।

अर्कोतिर, उक्त घाइते छावाको उपचारमा सहयोग पुर्‍याउने पिण्टु सरकार परभेटका अनुसार उपचार करिब 1.30 देखि 2.15 बजेसम्म चलेको थियो।

उनका अनुसार उक्त छावाको अघिल्लोतिर देब्रे खुट्टामा नराम्रो गरी चोट लागेको छ। साथै उक्त खुट्टा भाँचिएको बताइएको छ। उनी पशुहरू सम्बन्धित एक गैरसरकारी सङ्ठनका सदस्य पनि हुन्।

सरकारले घटनाबारे जानकारी पाएलगत्तै घटनास्थलमा पुगेर घाइते छावालाई खोज्ने एवं त्वरित उपचार गराउने वन विभागका अधिकारीहरूप्रति पनि आभार प्रकट गरेका छन्।

हात्तीको छावालाई धक्का दिने उक्त कारको नम्बर डब्ल्यूबी 7 एक्स 1804 रहेको बतिएको छ। जानकारीका अनुसार उक्त कार नक्सलबारीबाट सिलगढ़ीतर्फ गइरहेको थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here