यस वर्ष दान खालिङ साहित्य सम्मान प्रदान नगरिने

0
890

सिलगढ़ी, 8 दिसम्बरः सिलगढ़ी नेपाली साहित्य संस्थानद्वारा प्रदान गर्दै आएको दान खालिङ साहित्य सम्मान यस वर्ष प्रदान गरिनेछैन।

संस्थानका अध्यक्ष वासुदेव थापा र सचिव डपछिरिङ लेप्चाद्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत् यसबारे जानकारी गराइएको छ।

‘शुरूका दुई वर्षमा साहित्यकारको दीर्घकालीन योगदानको मूल्याङ्कनका आधारमा पुरस्कार गरिएको भए तापनि दातृपक्षको सुझाउ तथा संस्थानको कार्यकारी समितिको सर्वसम्मत निर्णयअनुसार यस वर्षदेखि बितेका पाँच वर्षभित्र प्रकाश आएकामध्ये श्रेष्ठ ठहरिएको कृतिलाई पुरस्कृत गर्ने निर्णय लिइएको थियो’, विज्ञप्तिमा भनिएको छ, ‘सोही निर्णयअनुसार संस्थानद्वारा भुपेन तामाङको संयोजकत्वमा गठित पुरस्कार चयन उपसमितिले संस्थानको पक्षबाट विभिन्न साहित्यिक सङ्घ, संस्थान, शैक्षिक संस्थान, प्रकाशक अनि अध्येताहरूलाई पत्राचार गरी पुरस्कारका लागि प्रस्तावहरू आमन्त्रित गरे तापनि अति थोरै मात्र प्रस्ताव प्राप्त भएका हुनाले कृति चयनको प्रक्रिया अघि बढ़्न सम्भव भएन।’

विज्ञप्तिमा थप भनिएको छ, ‘यसका साथै पुरस्कार प्रायोजक खालिङ परिवारको पक्षबाट नवोमी खालिङले यो कोभिड-19-को वैश्विक महामारीद्वारा सारा संसार नै चपेटमा परेको समय पुरस्कार/सम्मानजस्ता कार्यक्रम स्थगित गरेकै उचित  हो भन्ने सल्लाह दिएपछि संस्थानको कार्यकारी समितिले सभा बसेर यस वर्षको दान खालिङ साहित्य सम्मान स्थगित गर्ने निर्णय लियो।’

उल्लेखनीय छ, यस संस्थानले पछिल्लो दुई वर्षदेखि दान खालिङ साहित्य सम्मान प्रदान गर्दै आएको छ।

पहिलो वर्ष हायमान दास राई किरात र दोस्रो वर्ष सुख नमलाई यो सम्मान प्रदान गरिएको थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here