एकपछि अर्को घोटालाको आरोप

0
1092

दार्जीलिङ, 9 जनवरीः गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) जनचेतना सङ्घर्ष समितिले जीटीएका विकासकार्यहरूमा एकपछि अर्को घोटाला भइरहेको आरोप लगाइरहेको छ।

हिजो मात्र यो समितिले खरसाङस्थित बरबुङ बस्तीको स्थलगत भ्रमण-निरीक्षण गरी त्यहाँ करिब 3 करोड़ लगातको पिउने पानीको परियोजनामा व्यापक घोटाला भएको आरोप लगाएको थियो भने आज प्रधानमन्त्री ग्राम सड़क परियोजनामार्फत् तकदादेखि लामाहट्टासम्म सन् 2002-मा बनिएको चार किलोमिटरको सड़कको मरम्मती कार्यमा व्यापक घोटाला भएको आरोप लगाएको छ।

समितिकी अध्यक्ष मञ्जिला तामाङको अगुवाइमा बिहीवार एक टोलीले उक्त सड़कको भ्रमण निरीक्षण गरेको थियो।

उनका अनुसार स्थानीय मानिसहरूका अनुरोधमा आज समितिले भ्रमण निरीक्षण गरेको हो।

1 करोड़ 48 लाख रुपियाँको लागतमा भएको मरम्मती कार्यको गुणवत्तमाथि मञ्जिला तामाङले प्रश्न उठाएकी छन्। उनका अनुसार मरम्मती कार्य भएको करिब 8 महिना भएको छ।

1 करोड़ 48 लाखमा रुपियाँमा मरम्मती कस्तो हुनुपर्छ?”, उनले थपिन्, “मरम्मती गरिएको 8 महिना पनि नबित्दै बाटो सबै भत्किसकेको छ।

व्यापक घोटाला गरेर बाटोको मरम्मती कार्य टालटुले गरेकै कारण आज स्थानीय मानिस साथै चालकवर्गले समस्या भोगिरहेको तामाङले बताएकी छन्।

यसअवसरमा उनले जीटीए सञ्चालन गरिरहेको विनयपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)-माथि सोझै प्रश्न गरेकी छन्। साथै यति धेरै पैसामा मरम्मती कार्य अत्यन्त राम्रो हुनुपर्ने बताएकी छन्।

पार्टी चलाउनका लागि त्यही ठेकादारलाई बाटो टाल्ने काम दियो। अलिकति मान्छे बटुल्यो। पार्टी चलायो गर्नु हुँदैन”, उनले भनिन्, “कमान बस्तीका बाटोहरू 10-12 वर्षमा एकचोटि बनिन्छ। कति वर्षमा यो बाटो मरम्मतीको काम आएको हो। तर उनीहरूले के गर्छ भने घरी घरी काम निकालेर गोजी भर्ने काम गर्छन्।

उनले 1 करोड़ 48 लाखमा धेरजसो पैसा गोजीमा हालेर थोरै पैसाले मात्र बाटो मरम्मती गरिएको  आरोप लगाइन्।

साथै कार्यविवरणीको टाँगिएको सूचना पटमा बाटोको मरम्मती कार्य कहिलेदेखि शुरु गरिएको र कहिले समाप्त भएको त्यो पनि उल्लेख नगरिएको बताइएकी छन्।

यसका  साथै गोरामुमो जनचेतना सङ्घर्ष समितिकी अध्यक्ष मञ्जिला तामाङले पार्टी नहेरी समितिले लगातार जनसरोकारका कार्यहरू गरिरहने पनि बताएकी छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here