सिलगढ़ी, 9 जनवरीः केही दिनअघि मिरिकनिवासी एक युवतीसँग दुष्कर्मको कोशिश गर्नका साथै कुटपिट गर्ने टोटो चालकलाई कठोरभन्दा कठोर सजाय दिनुपर्ने माग अल सोसियल अर्गनाइजेशन सालगढ़ीले गरेको छ।
यसै घटनाको प्रतिवाद जनाउँदै आज यस सङ्गठनको नेतृत्वमा नागरिक समाजले एक विरोध र्याली निकालेको थियो, जसमा धेरै मानिसले सहभागिता जनाएका थिए।
र्याली मेथीबारीबाट डागापुरसम्म निकालिइएको बताइएको छ। आ-आफ्नो हातमा प्ला कार्ड बोकेर उनीहरूले आरोपी टोटो चालकलाई कठोर सजाय दिनुपर्ने माग गरेका थिए।
उल्लेखनीय छ, पछिल्लो आइतवार दार्जीलिङ मोड़बाट टोटो चढ़ेर सालबारी गइरहेकी युवतीसँग उक्त टोटोका चालक अपु सिद्धीले दुष्कर्म गर्ने कोशिश गरेका थिए भने यसको प्रतिकार गर्दै पीड़िता युवतीलाई आरोपीले कुटपिटसमेत गरेका थिए। आरोपी टोटो चालकलाई प्रधाननगर पुलिसले त्यसैबेला पक्राउ गरेका थिए।
उक्त घटना आइतवार बेलुकी भएको हो। यी युवतीलाई एकलै टोटो चढ़ाएर सालबारीनजिक एक सुनसान स्थान पुगेपछि दुष्कर्मको कोशिश गर्नका साथै कुटपिट गरेका थिए।