गान्तोक, ९ जनवरीः सिक्किमबाट राज्यसभाका उम्मेदवार डीटी लेप्चाले आज नामाङ्कन पत्र बुझाएका छन्।
लेप्चा भारतीय जनता पार्टी (भाजपा)-का उम्मेदवार हुन्, जसलाई सत्तारुढ सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम)-को समर्थन छ।
नामाङ्कन पत्र भर्ने आज अन्तिम दिन थियो। जानकारीका अनुसार भाजपाका उम्मेदवार डीटी लेप्चाले मात्र नामाङ्कन भरेका छन्।
लेप्चाको नामाङ्कनको प्रस्तावक भाजपा विधायक एवं प्रदेश भाजपा अध्यक्ष डीआर थापा, विधायक वाईटी लेप्चा, एनके सुब्बा र पिन्छो नामग्याल लेप्चा थिए।
यस अवसरमा राज्यका मुख्यमन्त्री प्रेम सिंह गोले पनि उपस्थित थिए।
नामाङ्कन पत्रको जाँच १० जनवरीका दिन हुनेछ। नामाङ्कन फिर्ता लिने अन्तिम दिन १२ जनवरी रहेको छ।