सिक्किमका पूर्व मन्त्री एस.बी. सुवेदीको निधन

0
615

गान्तोक, ९ फरवरीः सिक्किमका पूर्व मन्त्री एवं सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ)-का वरिष्ठ नेता शेरबहादुर (एस.बी.) सुवेदी आज बिहान ९ बजे सिलगढी प्रधाननगरस्थित निजी निवासमा निधन भयो।
लामो वर्षदेखि बिरामी रहेका सुवेदी ६६ वर्ष पुगेका थिए।

उनलाई आजै मूल घर गेजिङ लगिनेछ। पारिवारिक सूत्रका अनुसार भोलि लेगशेपमा उनको अन्तिम संस्कार गरिनेछ।
उनले आफूपछि श्रीमती, एक छोरा एक छोरी अनि नाता नातिनी छाडिसकेका छन्।
५ मार्च १९५८ जन्मेका शेरबहादुर सुवेदी एसडीएफको शासनकालमा तीनपटक मन्त्री बनेका थिए।
उनी १९९९-२००४ –मा यातायात विभागका मन्त्री, २००४-२००९-मा वन विभागका मन्त्री अनि २०१४-२०१९ सम्म ग्रामीण विकास विभागका मन्त्री बनेका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here