कमलनाथ सरकार सङ्कटमा, सिन्धिया भाजपाको सम्पर्कमा!

0
1000
मुख्यमन्त्री कमलनाथ ।

भोपाल, 9 मार्चः मध्यप्रदेशको कङ्ग्रेस सरकारमाथि देखापरेको सङ्कट सोमवार अपराह्न थप गहिरिएको छ।

यसैबीच, कमलनाथ सरकारलाई अस्थिर बनाउने भाजपाले लगातार कोशिश गरिरहेको कङ्ग्रेसको आरोप छ। केही दिन अघिदेखि मध्यप्रदेशको कङ्ग्रेस सरकारमाथि सङ्कट देखापरेको छ।

यो सङ्कटलाई कङ्ग्रेसभित्र चलिरहेको आन्तरिक कलह र मतभेदले थप बढ़ाएको छ।

यसैबीच, सोमवार अपराह्न कङ्ग्रेसका वरिष्ठ नेता ज्योतिरादित्य सिन्धिया दिल्ली पुगेका छन्। यसका साथै केही मन्त्रीसहित 17 विधायक सोमवार गएका छन्।

अर्कोतिर, गहिरिँदो सङ्कटबीच मुख्यमन्त्री कमलनाथ आफ्नो दिल्ली यात्रालाई बीचैमा छोड़ेर आज बेलुकी भोपाल आइपुगेका छन्।

उनले भाजपाले लगातार आफ्नो लड़ाउने प्रयास गरिरहेको आरोप लगाए।

“भाजपाको 15 वर्षे कार्यकालअवधि भएका भ्रष्टाचारका मामिलाहरू उदाङ्गो हुने भएको यो पार्टी अहिले विलचित भएको छ”, कमलनाथले भने।

सूत्रका अनुसार कङ्ग्रेसका वरिष्ठ नेता ज्योतिरादित्य सिन्धियाले पार्टी र सरकारविरुद्ध विद्रोह शुरु गरेका छन्।

आइतवार भाजपाका वरिष्ठ नेताहरू भेटवार्ता गरेपछि सिन्धिया आज दिल्ली गएको सूत्रको दाबी छ। मिडिया रिपोर्टका अनुसार सिन्धिया केन्द्रमा मन्त्री पद चाहन्छन्।

अर्कोतिर, भाजपाले सिन्धियालाई राज्यसभा पठाउनसक्ने खबरले पनि अहिलेघरी चर्चा पाइरहेको छ। सिन्धियासँग उनका समर्थक मात्र छैनन्। तर राज्यका 6 जना मन्त्रीको पनि समर्थन रहेको बताइएको छ।

सूत्रका अनुसार उनीहरू सबैले फोन बन्द राखेका छन्, जुन मन्त्रीहरूले आफ्नो मोबाइल बन्द राखेका छन्, उनीहरूमा लोक स्वास्थ्य एवं परिवार कल्याण मन्त्री तुलसी सिलावट, श्रममन्त्री महेन्द्र सिंह सिसोदिया, राजस्व एवं परिवहन मन्त्री गोविन्दसिंह राजपुत, महिला एवं बाल विकास मन्त्री इमरती देवी, खाद्य नागरिक आपूर्ति मन्त्री प्रद्युम्न सिंह तोमर तथा स्कूल शिक्षा मन्त्री डा. प्रभुराम चौधरी सामेल छन्।

पछिल्लो एक सातादेखि मध्यप्रदेशको कमलनाथ सरकार सङ्कटमा देखिएको छ, जसको फलस्वरूप कङ्ग्रेस-भाजपाबीच आरोप-प्रत्यारोपको राजनीतिले ठूलै स्पेस पाइरहेको छ।

उल्लेखनीय छ, केही दिनअघि कङ्ग्रेस, बसपा, सपा र निर्दलीय गरी 10 विधायक बेपत्ता बनेका थिए। यद्यपि पछि उनीहरू सबै राज्य फर्किआएका थिए। यो घटनामा कङ्ग्रेसले भाजपामाथि आरोप लगाएका थिए।

राज्यको कमलनाथ सरकार लड़ाउनका लागि नै भाजपाले यी 10 विधायकलाई भाजपाले अपहरण गरेको कङ्ग्रेसको आरोप थियो। तथापि भाजपाले कङ्ग्रेसको आरोपलाई खण्डन गरे तापनि असन्तुष्ट कङ्ग्रेस नेतृत्व र विधायकहरूलाई आफ्नो पक्षमा पारेर सरकार गठन गर्ने भाजपाले सक्दो प्रयास गरिरहेको छ।

यसैबीच, राज्यको घटनाक्रम र राज्यसभा चुनाउलाई लिएर आज मुख्यमन्त्री कमलनाथले कङ्ग्रेसका कार्यवाहक अध्यक्ष सोनिया गान्धीसँग भेटवार्ता गरे।

सूत्रका अनुसार करिब 20 मिनटसम्म उनीहरूबीच भेटवार्ता चलेको थियो। यसअवधि राज्यसभा चुनाउका लागि उम्मेदवारहरूबारे मुख्यरूपमा चर्चा भएको थियो।

यसभन्दा अघि पार्टीका वरिष्ठ नेता भुपेन्द्र सिंह हुड्डा र अम्बिका सोनीले पनि सोनिया गान्धीसँग भेट गरेका थिए।

स्मरणरहोस्, मध्यप्रदेश विधानसभामा 230 सिट छन्, जसमध्ये अहिले दुईवटा सिट रिक्त छ।

वर्तमानमा राज्यमा कुलप 228 विधायक छन्, जसमा कङ्ग्रेसका 114,  भाजपाका 107 लगायत चारजना निर्दलीय, दुईजना बसपा र एकजना सपाका विधायक छन्।

कङ्ग्रेसलाई चार निर्दलीयलगायत बसपा र सपाको समर्थन प्राप्त छ। यी विधायकहरूकै समर्थनमा कङ्ग्रेसले सरकार बनाएको हो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here