दार्जीलिङ, ९ मई : लरेटो कन्भेन्ट दार्जीलिङ छात्रा नोरा मोक्तानले आईएससीमा ९७.२५ प्रतिशत अङ्क प्राप्त गरी उत्तीर्ण भएकी छन्। मेधावी उनी सम्भावतः कला विषयमा दार्जीलिङ जिल्लाभरिमै टप्पर बनेकी छन्।
नोराले इङ्ग्लिसमा ९३, हिस्ट्रीमा ९८, पोलिटिकल साइन्समा ९८, साइकोलजीमा ९८ र होम साइन्समा १०० अङ्क प्राप्त गरेकी छन्।
पढ़ाइमा सानैदेखि अव्वल रहेकी मेधावी नोरा स्कूलमा सम्पन्न हुने सबै प्रकारमा कार्यक्रममा पनि उत्साहपूर्वक सहभागी हुन्थिन्। उनी स्थानीय गान्धी रोडस्थित गान्धी ग्रामनिवासी अरुण मोक्तान र ल्हमिन मोक्तानले छोरी हुन्। अब उच्च शिक्षाका लागि उनले दिल्लीमा पढ़्ने बताएकी छन्। यता, नोराको सफलतामा उनका आमा-बाबा अत्यन्त गर्वित भएका छन्।