क्यान्सरविरुद्ध लड़न सोनालीलाई मनिषा सहयोगी

0
1970
मनिषा कोइराला र सोनाली बेन्द्रे (फाइल फोटो)।

क्यान्सरसँग जुझेर पुनर्जीवन पाएकी सोनाली बेन्द्रेले यो लड़ाइँमा अभिनेत्री मनिषा कोइराला धेरै सहयोगी बनेकी एक अन्तर्वार्तामा खुलासा गरेकी छन्। अन्तर्वार्तामा अभिनेत्री बेन्द्रेले मनिषालिखित पुस्तकको चर्चा पनि गरिन्।

के क्यान्सरविरुद्ध लड़नका लागि युवराज सिंह एवं मनिषा कोइरालाजस्ता हस्तीहरूबाट कुनै सहायता प्राप्त भयो? भनी सोधिएको प्रश्नको जवाफ उनले मनिषा कोइरालाले गरेको सहयोगको उल्लेख गरेकी हुन्।

फिक्कीको एफएलओ (बेङ्ग्लुरु च्याप्टर) को तर्फबाट बुधबार बेलुकी आयोजित कुराकानी सत्रमा उल्लिखित प्रश्नको जवाफ दिँदै सोनालीले भनिन्, ‘‘मनिषा कोइराला धेरै सहयोगी बनिन्। उनले क्यान्सर सहिसकेकी छन्। र यसबाट निको पनि भइसकेकी छन्। उनले यसबारे एउटा राम्रो पुस्तक पनि लेखेकी छन्।’’

मनिषा कोइरालालाई पनि क्यान्सर भएको थियो। उपचारपछि अहिले उनी स्वस्थ्य बनेकी छन्। अर्कोतिर युवराजको सन्दर्भमा सोनालीले भनिन्, ‘‘मैले युवराजसँग भेट गरिनँ। यद्यपि उनकी आमालाई भने मैले भेटेँ।’’

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here