ममतालाई शाहको पत्रः प्रवासी मजदुरहरूलाई घर फर्काउन राज्यले सहयोग नगरेको आरोप

0
1388

नयाँ दिल्ली, ९ मईः पश्चिम बङ्गालका प्रवासी मजदुरहरूलाई आ-आफ्नो घर फर्किनका लागि राज्य सरकारले सहयोग नगरेको आरोप उठेको छ।

यससम्बन्धमा शनिवार  केन्द्रिय गृह मन्त्री अमित शाहले पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई पत्राचार गरेका छन्।

पत्रमा पश्चिम बङ्गालका प्रवासी मजदुरहरूलाई घर फर्काउनका लागि राज्य सरकारबाट सहयोग प्राप्त नभएको आरोप लगाइएको छ।

गृह मन्त्री शाहले बताएअनुसार केन्द्रले विभिन्न राज्यका दुई लाखभन्दा अधिक प्रवासी मजदुरलाई उनीहरूको घरसम्म   पुऱ्याउने सुविधा दिएको छ।

पत्रका अनुसार पश्चिम बङ्गालका श्रमिकहरू आ-आफ्ना घर फर्किन चाहन्छन्। तर, बङ्गाल सरकारले ट्रेनहरूलाई राज्यमा अनुमति दिइरहेको छैन।

अमित शाहले भनेका छन्, ‘ममता सरकारले प्रवासी मजदुरहरूसँग अन्याय गरिरहेको छ। यस्तो गर्नाले उसैलाई समस्या सिर्जना गर्नेछ।’

अर्कोतिर तृणमूल कङ्ग्रेसका नेता अभिषेक ब्यानर्जीले गृहमन्त्री अमित शाहले आफ्नो आरोपलाई साबित गर्नुपर्ने नत्र माफी माग्नुपर्ने बताएका छन्।

उल्लेखनीय छ, गृह मन्त्रालयकी संयुक्त सचिव पुण्य सलिला श्रीवास्तवले शुक्रवार केन्द्र सरकारले लकडाउनका कारण विभिन्न स्थानमा अड़्केर बसेका श्रमिक, विद्यार्थी, श्रद्धालु र पर्यटकहरूलाई आ-आफ्नो घर पुऱ्याउनका लागि २२२ विशेष रेल चलाएको बताएकी थिइन्। यसबाट अढ़ाई लाखभन्दा अधिक मानिस लाभान्वित बनेको उनको भनाइ थियो।

यद्यपि गृह मन्त्री शाहले आफ्नो बयानमा केवल मजदुरहरूको आँकड़ा बताएका छन्।

अघिबाटै कोरोनालाई लिएर मुखामुखी देखिएको राज्य र केन्द्रबीच नयाँ विवाद सिर्जना भएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here