सङ्कल्प

0
1178

-मिक्की सुब्बा

आँधीबेह्रीले नुहिएको झार बौरी उठ्नेछ

सुनामीले हल्लेको समुद्र पनि शान्त हुनेछ

बादलले ढाकेको आकाश उघ्रिनेछ

हुस्सुले छेकेको हिमाल फेरि स्निग्ध देखिनेछ।

त्यसैले शिखर चुम्ने साहस  मार्नु हुँदैन

चालेका पाइला अन्तै मोड़्नु हुँदैन

उत्साहित मनैलाई भाँच्नु हुँदैन।

थकाइ मेट्नै परे मेटाउनु पर्छ बरू

तर यो यात्रालाई अधुरोमा छाड़्नु हुँदैन।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here