तृणमूल र ममता आतङ्कमा लिप्त : मुकुल राय

0
1544
भाजपा नेता मुकुल राय (फोटो साभार- एएनआई ट्विटर)

कोलकाता, 9 जून : भाजपाका दिग्गज नेता मुकुल रायले राज्यकी मुख्यमन्त्री एवं तृणमूल कङ्ग्रेस आतङ्कमा लिप्त रहेको आरोप लगाएका छन्। शनिबार बशिरहाटमा भाजपाका कार्यकर्ताहरूको हत्याबारे बोल्दै मुकुल रायले यस्तो आरोप लगाएका हुन्।

उनले भने, ‘‘तृणमूल नेताहरूद्वारा बशिरहाटको सन्देशखलीमा हाम्रा कार्यकर्तामाथि गरियो। र हाम्रा चार कार्यकर्तालाई गोली ठोकेर गरियो।’’

न्युज एजेन्सी एएनआईसँग कुराकानी गर्दै यी भाजपा नेताले भने, ‘‘तृणमूल क्ग्रेस र मुख्यमन्त्री आतङ्कमा लिप्त छन्।’’ उनका अनुसार घटनाबारे गृहमन्त्री अमित शाह, कैलाश विजयवर्गीय र राज्यका हाम्रा नेताहरूलाई सन्देश पठाइएकोछ।

घटना प्रकाशमा आएपछि मुकुल रायले ट्वीट गरेका छन्। ट्वीटमा उनले लेखेका छन्, ‘‘पश्चिम बङ्गालको सन्देशखलीमा ३ भाजपा कार्यकर्ताली तृणमूलका गुण्डाहरूले गोली ठोकेर हत्या गरे।’’

ममता ब्यानर्जी सोझै भाजपा कार्यकर्ताहरूविरुद्ध हिंसाका लागि  जिम्मेवार रहेको मुकुलको आरोप छ। ‘‘हामी सन्देशखलीको हत्याबारे अवगत गराउनका लागि केन्द्रिय गृहमन्त्री अमित शाहलाई भेट्नेछौंट’’, उनले भने।

जानकारीका अनुसार भाजपाको झण्डा उखेल्ने विवादले उग्र रूप लिएपछि भाजपा-तृणमूल कङ्ग्रेसका कार्यकर्ताहरूबीच झपड़ भएको थियो। यो हिंसात्मक झड़पमा चारजनाको मृत्यु भएको थियो, जसमा ३ भाजपा कार्यकर्ता र एक तृणमूल कार्यकर्ता छन्।

भाजपाका स्थानीय नेता सयान्तन बासुका आरोपका अनुसार  सुकान्त मण्डल, प्रदीप मण्डल र तपन मण्डललाई तृणमूल कार्यकर्ताहरूले गोली ठोकी हत्या गरेका हुन्। तृणमूल कार्यकर्ताहरूले जबर्जस्ती भाजपाको झण्डा उखेलेर फ्याँकिरहेको प्रतिवाद गर्दै यी भाजपा कार्यकर्ताहरूलाई गोली ठोकेको उनको दाबी छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here