कालेबुङमा थप चारजना कोरोना सङ्क्रमित, दुईजनाले पाए अस्पतालबाट छुट्टी

0
1522

कालेबुङ, ९ जूनः कालेबुङ जिल्लामा कोरोना सङ्क्रमणका थप चार नयाँ मामिला प्रकाशमा आएको छ। कोरोना सङ्क्रमित पाइएका चारजनामध्ये एकजना नगरपालिका क्षेत्र तथा अन्य तीनजना कालेबुङ खण्ड-एकका हुन्।

जिल्ला प्रशासनबाट प्राप्त जानकारीका अनुसार उनीहरूको हिजो कोरोना टेस्ट रिपोर्ट पोजिटिभ आएको हो, जसमा एकजना वार्ड नम्बर १३ का, एकजना अप्पर इच्छेका, एकजना अलैंचीखोपका र एकजना मल्लीका छन्।

उनीहरूमध्ये दुईजनाको ट्राभल हिस्ट्री महाराष्ट्र र चेन्नई रहेको तथा दुईजनाको भने ट्राभल हिस्ट्री नै नरहेको बताइएको छ।

उल्लेखनीय छ, पछिल्लो २ जूनयता कालेबुङ जिल्लामा कोरोना भाइरसका १५ मामिला प्रकाशमा आइसकेको छ।

अर्कोतिर, हिजो कालेबुङका दुईजना स्वस्थ भई घर फर्केका छन्। कोरोनालाई परास्त गरी घर फर्किनेहरूमा निम्बोङनिवासी ७० वर्षीय वृद्धा र समथारनिवासी महिला रहेका छन्।

पछिल्लो २ जूनका दिन उनीहरू दुवै कोरोना सङ्क्रमित रहेको पुष्टि भएको थियो। त्यसपछि दुवैलाई उपचारका लागि सिलगढ़ी मतिगढ़ास्थित कोभिड अस्पताल डा. च्याङ सुपर स्पेशअलिटी अस्पतालमा भर्ना भएका थिए।

स्वस्थलाभ गरी हिजो उनीहरू आज-आफ्ना घर फर्केका हुन्।

स्मरणरहोस्, यी दुईजनाले स्वस्थलाभ गरी घर फर्केपछि अहिले कालेबुङ जिल्लामा एक्टिभ केस १३ रहेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here