भाजपा नेता ज्योतिरादित्य सिन्धिया र उनकी आमा पनि कोरोना सङ्क्रमित!

0
1010

नयाँ दिल्ली, ९ जूनः कोरोना भाइरसको लक्षण देखिएपछि साकेतस्थित म्याक्स सुपर स्पेशअलिटी अस्पतालमा भर्ना भएका भाजपा नेता ज्योतिरादित्य सिन्धिया र उनकी आमा  माधवी राजे सिन्धिया कोरोना सङ्क्रमित बनेको बताइएको छ।

मिडिया रिपोर्टका अनुसार दुवै कोरोना सङ्क्रमित बनेका छन्। ज्वरो र खोकीका कारण दुवैजना चार दिनअघि म्याक्स सुपर स्पेशअलिटी अस्पतालमा भर्ना भएका थिए।

जानकारीका अनुसार ज्योतिरादित्य सिन्धियामा कोरोना भाइरसका लक्षण देखिए तापनि उनकी आमामा कोरोना भाइरसको कुनै लक्षण देखिएको थिएन।

उल्लेखनीय छ, दिल्लीमा कोरोना भाइरसको कहर अत्यधिक बढ़ेको छ। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई पनि ज्वरो र खोकी लागेपछि आज उनको पनि स्वाबको नमूना सङ्ग्रह गरी आज टेस्टका लागि पठाइएको छ।आज मुख्यमन्त्री केजरीवालले स्वयंलाई आइसोलेटेड गरेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here