चुँड़ियो वैकल्पिक मार्ग, राष्ट्रिय राजमार्ग 55 –मा पनि पैह्रो

0
1073
सिलिमहिलमा गएको पैह्रो।

खरसाङ, 9 जुलाई : तीनधारे, घैयाबारीलाई खरसाङसँग जोड़्ने गिद्दे वैकल्पिक पैह्रोको कारण चुँड़िएको छ। जसको कारण उक्त मार्गमा वाहनहरूको आवागमन ठप्प बनेको छ। जानकारीका अनुसार मङ्गलबार बिहान करिब 3 बजेतिर गएको छ। घैयाबारीमा गएको उक्त पैह्रोको कारण छेउछाउका केही घरहरू प्रभावित बनेका छन्।

उल्लेखनीय छ, गिद्दे वैकल्पिक मार्ग तीनधारे र घैयाबारीलाई खरसाङसँग जोड़्ने एक प्रमुख मार्ग हो। छिटो र भरपर्दो यो मार्ग पैह्रो चुँड़िएर वाहन नचल्ने भएपछि अहिले तीनधारे, घैयाबारीका वाहनहरू राष्ट्रिय राजमार्ग 55 भएर गुड़िरहेका छन्।

अर्कोतिर आजै बिहानीपख घैयाबारीनजिक गएको सिलिमहिलमा गएको पैह्रोको कारण बाधित बनेको राजमार्गमा अपरान्हदेखि पुनः यातायात सुचारु बनेको छ। माथि सोह्रोरिएर आएको पैह्रो सड़कमा थुप्रिएपछि वाहन र टोय ट्रेनको यातायात ठप्प बनेको थियो। विभागले सड़कमा थुप्रिएको पैह्रोलाई हटाएपछि यातायात सुचारु बनेको हो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here