फेसबुक र इन्स्टाग्रामसहित ८९ ऐप्स तत्काल डिलिट गर्न सैन्यकर्मीहरूलाई निर्देश

0
1523

नयाँ दिल्ली, ९ जुलाईः भारत सरकारले ५९ वटा चिनियाँ एप्समाथि प्रतिबन्ध लगाएपछि भारतीय सेनाले पनि ८९ ऐप्सविरुद्ध कठोर कारबाही गर्दै आफ्ना अधिकारी, जवान, तथा सेनाका हरेक विभागमा संलग्न रहेर कार्यरत् कर्मचारीहरूलाई तत्काल डिलिट गर्ने निर्देश जारी गरेको छ।

सेनाद्वारा डिलिट गर्न भनिएका ऐप्सहरूका सूचीमा टिकटकजस्ता चिनियाँ ऐप्ससँगै फेसबुक, इन्स्टाग्राम, ट्रुकलरजस्ता चर्चित विदेशी ऐप्स सामेल छन्।

यति मात्र होइन, सैन्यकर्मीहरूलाई आफ्नो स्मार्टफोनबाट टिण्डरकुच सर्फिङ-जस्ता डेटिङ ऐप्स पनि डिलिट गर्न भनिएको छ। यसैगरी डेली हन्टजस्ता न्युज ऐप्सलाई पनि तत्काल डिलिट गर्न भनिएको छ।

सैन्यकर्मीहरूले तत्काल डिलिट गर्नुपर्ने ऐप्सहरूको सूचीमा वी च्याट  भाइबर, इमो, यूसी ब्राउजर, यूसी ब्राउजर मिनी, शेयरइट, बिगोलाइभ, जूम, क्याम स्क्यानर, क्लब फ्याक्ट्री, स्नापच्याट आदि पनि सामेल छन्।

आफ्ना कर्मीहरूको सूचना लिक हुनबाट रोक्नलाई सेनाले यस्तो कदम उठाइएको बताइएको छ।

वास्तवमा सेनाले त्यस्ता ऐप्सबाट आफ्ना कर्मीहरूलाई टाढ़ा बस्न भनेको छ, जहाँ कहिलेकाहीँ ‘पर्सनल डेटा’ चोरीको आरोप लाग्दै आएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here