सिलगढ़ी, ९ नोभेम्बरः भाजपाका राष्ट्रिय महासचिव एवं बङ्गाल प्रदेश भाजपा प्रभारी कैलाश विजयवर्गीयले अभिजीत राय चौधरीको मृत्युको उच्चस्तरीय जाँच गरिनुपर्ने माग गरेका छन्।
उल्लेखनीय छ, पछिल्लो ६ दिसम्बरको राति कोलकाताबाट सड़क मार्ग भएर सिलगढ़ी फर्किरहेको समय मुर्शिदाबादको बहरमपुरनजिक सड़क दुर्घटनामा परी भाजपा सिलगढ़ीका साङ्गठनिक जिल्ला अध्यक्ष अभिजीत राय चौधरीको बीभत्स मृत्यु भएको थियो।
सोमवार मृतक चौधरीको ‘श्रद्धा कर्म’-मा सहभागी हुन विजयवर्गीय सिलगढ़ी आइपुगेका थिए। यसअवसरमा उनले दिवङ्गत भाजपा नेताप्रति श्रद्धाञ्जली जनाउनका साथै शोकाकुल परिवारप्रति समवेदना प्रकट गरे।
पछि पत्रकारहरूसँग कुराकानी गर्दै उक्त घटनाको उच्चस्तरीय जाँच हुनुपर्ने माग गरे। उनले अभिजीत राय चौधरीको सड़क दुर्घटनामा भएको मृत्युप्रति शङ्का व्यक्त जुन प्रकारको परिस्थिति प्रकाशमा आइरहेको छ, त्यसले मृत्युप्रति शङ्का गर्ने पर्याप्त ठाउँ छोड़ेको उनको भनाइ छ।
‘अभिजीतविरुद्ध विपक्षी नेताहरूलै पछिल्ला दिनहरूमा जुन प्रकारले दिएका दिएका थियो, त्यसले पनि उनको वाहन दुर्घटनामा भएको मृत्युलाई लिएर शङ्का उत्पन्न हुन्छ’, विजयवर्गीयले भने, ‘यसैले यसको उच्चस्तरीय जाँच हुनुपर्ने हाम्रो माग छ।’ घर परिवारले पनि अभिजीतको मृत्युलाई लिएर शङ्का गरिरहेको विजयवर्गीयले थप बताएका छन्।
उल्लेखनीय छ, अघिबाटै सांसद राजु विष्टले पनि अभिजीतको मृत्युमाथि सीबीआई जाँच हुनुपर्ने माग गरेका थिए।