सौमित्रपछि अनुपम हाजरा भाजपा सामेल हुने सम्भावना, अन्य तृणमूल सांसद पनि लाइनमा!

0
1104
साङ्केतिक तस्वीर।

कोलकाता, 10 जनवरी : लोकसभा चुनाउ अघि ममता ब्यानर्जीलाई झट्का लाग्न शुरु गरेको छ। विष्णुपुरका लोकसभा सांसद सौमित्र खान तृणमूल छोड़ेर भाजपामा सामेल भइसकेका छन्। अब अर्का सांसद अनुपम हाजरा पनि भाजपामा सामेल हुने सम्भावना देखिएको छ।

अनुपम हाजरा बोलपुरका तृणमूल सांसद हुन्। उनलाई बुधवार पार्टीविरोधी गतिविधिमा संलिप्त रहेको आरोपमा तृणमूलले पार्टीबाट निष्कासित गरेको थियो। हाजरा धेरै दिनदेखि भाजपामा सम्पर्कमा रहेको तृणमूलको आरोप छ।

सूत्रबाट प्राप्त जानकारीका अनुसार अन्य दुई सांसद पनि तृणमूल छोड़ेर भाजपामा सामेल हुने तयारी गरिरहेका छन्। यद्यपि यी दुई सांसद को को हुन्, त्यो भने खुलाइएको छैन। भाजपाले लगातार तृणमूलका धेरै सांसद आफ्नो सम्पर्कमा रहेको दाबी गर्दै आएको छ।

बाँकुड़ा जिल्लाको विष्णुपुर संसदीय क्षेत्रका सांसद सौमित्र खान एक राजनीतिक परिवारसँग अधिकार राख्छन्। यसै पनि सौमित्रको उपस्थितिले भाजपा ग्रामीण क्षेत्रमा बलियो बन्ने अनुमान गरिएको छ। चुनाउ अघि कम्तीमा पाँच सांसदले तृणमूल त्यागेर भाजपामा सामेल हुनसक्छन्। यो तृणमूल सुप्रिमो ममता ब्यानर्जीका लागि ठूलो झट्का मानिँदैछ।

उल्लेखनीय छ, भाजपाले बङ्गालका लागि दिग्गज नेता मुकुल रायलाई पार्टी विस्तारका लागि अहम जिम्मेवारी दिइएको छ। यो जिम्मेवारीलाई प्रभावशाली रूपमा निर्वाह गर्न मुकुलले आफ्ना पुराना साथीहरूलाई खोज्न शुरु गरिसकेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here