श्रीनगर, 10जनवरी : जम्मू-कश्मीरमा आज बिहान भुइँचालोको झट्का महसुस गरियो। जम्मू-कश्मीरमा बिहान 8:22 –मा भुइँचालोको झट्का महसुस गरिएको हो। भुइँचालोको झट्का 4.6 तीव्रताको थियो।
यसभन्दा अघि गत वर्षको सेप्टेम्बर महिनामा पनि राज्यमा भुइँचालोको झट्का महसुस गरिएको थियो। त्यसबेला आएको भुइँचालो पनि 4.6 तीव्रताको थियो। बिहान र लेहमा आएको यो भुइँचालोको झट्काले मानिसहरू भयभीत बने।
उल्लेखनीय छ, पछिल्लो सोमबारको राति 9:08 बजे सिक्किममा पनि भुइँचालोको झट्का महसुस गरिएको थियो। दक्षिण सिक्किमलाई केन्द्र गरी आएको उक्त भुइँचालोको तीव्रता 3:0 मापिएको थियो।