खरसाङ, 10 जनवरी : खरसाङ महकुमाको महानदी ग्राम पञ्चायतअन्तर्गत गिताङ्गे चियाकमान भएको आगलागीमा एक घर जलेर खरानी भएको छ। प्राप्त जानकारीका अनुसार आगलागीमा परेर खरानी भएको उक्त घर स्थानीयवासी समशेर राईको हो।
आगलागीको समय घरमा कोही नभएकोले राईको घर जलेर खरानी भएको स्थानीय निवासी राजीव थापाले जनसंवादलाई बताएका छन्। थापाका अनुसार उक्त घटना बुधवार साँझ 5:30देखि 6 बजेभित्र भएको हो। पीड़ित परिवारले घरभित्रका एउटै समान पनि झिक्न पाएनन्।
जतिबेला छिमेकीहरूले यो घटनाबारे थाहा पाए, त्यसबेलासम्म आगोले उग्र रूप लिइसकेको थियो। प्राप्त जानकारीका अनुसार आर्थिक रूपले अत्यन्त विपन्न अवस्थाका पीड़ित राई परिवार यो घटनापछि बिचल्लीमा परेका छन्। प्राप्त जानकारीका अनुसार पीड़ित परिवारलाई महानदी ग्राम पञ्चायतद्वारा राहत सामग्री दिइएको छ।