गोरामुमो त्यागेर ३५० घर विनयपन्थी मोर्चामा सामेल

0
1002

दार्जीलिङ, १० जनवरीः पोख्रेबुङ-चामोङ समष्टिका करिब ३५० गोरामुमो समर्थक घर शुक्रवार विनयपन्थी गोजमुमोमा सामेल भएको दाबी गरिएको छ।

दाबीका आज मिरिकको सौरेनीमा एक कार्यक्रमबीच पोख्रेबुङ-चामोङका ३५० घर गोरामुमो समर्थक आज शाखा अध्यक्ष नवाङ बम्जनको अगुवाइमा विनयपन्थी मोर्चामा सामेल भएका छन्।

सामेलीहरूलाई पार्टी अध्यक्ष विनय तामाङ र महासचिव अनित थापाले दलको झण्डा प्रदान गरी स्वागत जनाएका थिए। यसअवसरमा बोल्दै विनय तामाङले भावनात्मक राजनीतिक व्यावहारिक बन्नुपर्ने बताए।

“हामीले २०१७ को गोर्खाल्याण्ड आन्दोलनपछि नै भावनाको राजनीति त्यागेर व्यावहारिक बन्नुपर्ने बताउँदै आएका हौं’’, तामाङले थपे, “अहिले जनताले हाम्रा राजनीतिलाई बुझेर हामीसँग बढ़ी बढ़ी सङ्ख्यामा जोड़िन थालेका छन्।’’

यसैगरी गोरामुमो त्यागेर आज विनयपन्थी मोर्चामा सामेल भएका नवाङ बम्जनले पनि आफ्नो पूर्व पार्टीको नीतिलाई आलोचना गरेका छन्।

जानकारीका अनुसार उनलाई विनयपन्थी मोर्चाको केन्द्रिय समितिमा सामेल गर्नका लागि पोख्रेबुङ-चामोङ समष्टिका प्रभारी पनि बनाइएको छ।

उल्लेखनीय छ, पछिल्ला केही महिनायता गोरामुमो कार्यकर्ताहरूले पार्टी त्यागेर भटाभट विनयपन्थी मोर्चामा सामेल भइरहेको दाबी गरिँदै आइरहेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here