बिष्टले दोहोऱ्याए-भाजपाले अवश्यै आफ्नो वचन पूरा गर्नेछ

0
955

दार्जीलिङ, 10 फरवरीः दार्जीलिङ पहाड़, तराई अनि डुवर्सका गोर्खा समुदायको माग पूरा गर्न भाजपा पूर्णरूपले प्रतिबद्ध रहेको दावीलाई सांसद राजु बिष्टले दोहोऱ्याएका छन्।

आज दार्जीलिङमा भाजपाको कार्यक्रमबीच पत्रकारहरूलाई सम्बोधन गर्दै उनले यस्तो दावी गरेका हुन्।

“दार्जीलिङ पहाड़, तराई अनि डुवर्सका गोर्खा समुदायको माग पूरा हुन केही ढिलाइ भएको छ”, बिष्टले थपे, “तर म सांसद बनेपछि यसमाथि लगातार कार्य गरिरहेको छु।”

उनका दावीका अनुसार स्थायी राजनैतिक समाधान र 11 जातगोष्ठीलाई जनजातिको मर्यादा वचन भाजपाले अवश्यै पूरा गर्नेछ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here