तिलचन्द्र रोकाले भने- जनजाति र स्थायी राजनैतिक समाधानको माग पूरा गर्न भाजपामा सामेल भएको हुँ

0
1071

दार्जीलिङ, 10 फरवरीः  केही दिनअघि मात्रै विमल गुरुङपन्थी गोजमुमोको साथ छोड़ेका तिलकचन्द रोका आज भाजपामा सामेल भए।

भाजपामा सामेल भएपछि उनले उपस्थित पार्टी कार्यकर्ताहरूलाई सम्बोधन गर्दै 11 वटा जातलाई जनजातिको मर्यादा दिलाउन अनि स्थायी राजनैतिक समाधानको मुद्दालाई पूरा गर्नका लागि आफू भाजपामा सामेल भएको बताए।

उनले प्रथममा नै यसपालि दार्जीलिङ पहाड़, तराई अनि डुवर्सबाट तृणमूल कङ्ग्रेसलाई जरैदेखि उखालेर फ्याँक्ने सङ्कल्प गर्दै दार्जीलिङ पहाड़को राजनीतिलाई स्वच्छ अनि शुद्ध बनाउनका लागि नै भाजपामा सामेल भएको बताए।

रोकाले भने, “राजनीति मेरो लागि पेशा होइन। दार्जीलिङको राजनैतिक संस्कारलाई शुद्धिकरण गर्नु मेरो प्रथम उद्देश्य हो। हामीले राजनीति व्यक्तिगत स्वार्थका लागि मात्रै गरिरहेका थियौं। हामीले राजनीति पहाड़, तराई अनि डुवर्सका समग्र जनतालाई सोचेर गरेका छैनौँ। अब साँचो राजनीति गर्ने समय आएको छ। तर, साँचो राजनीति गर्न सहज पनि छैन।”

यसरी नै उनले वर्ष 2018-मा नै आफूले विमल गुरुङपन्थी गोजमुमो छोड्ने मन बनाइसकेको बताउँदै भने, “मैले जेलबाट छुटेपछि नै गोजमुमो त्याग्ने सङ्कल्प गरेको थिएँ, तर जबसम्म घर छोड़ेर भागेका भाइहरू फर्किएर आउँदैनन्, तबसम्म म पार्टीमा नै बस्छु भनेर नै म बसेको हो।”

तिलकचन्द्र रोकाले आफू भाजपामा सामेल हुनुको कारण स्पष्ट पार्दै भने, “अधिकार माग्नका लागि सबैभन्दा पहिला आफू साँचो हुन आवश्यक छ। साँचो बने मात्रै अधिकार पनि हकसित माग्न सकिन्छ। अब भाजपाभित्रै रहेर 11 जातको मुद्दालाई सफल बनाउने साथै पीपीएसको मुद्दालाई अघि बढ़ाउने सङ्कल्प गरेको छु।”

यसका साथै उनले आज दार्जीलिङ पहाड़बाट मोठ 74 जनाले भाजपामा समर्थन जनाएको पनि जानकारी गराए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here