ढँटुवा भाजपा दार्जिलिङलगायत उत्तरबङ्गालमा अस्तित्वविहीन हुनेछ : विनय

0
521

(फाइल फोटो)

दार्जिलिङ, १० फरवरीः गोर्खालाई वाचा गरेर ढाँट्ने भारतीय जनता पार्टी (भाजपा) २०२४ को लोकसभा चुनाउमा दार्जिलिङलगायत उत्तरबङ्गालमा अस्तित्वविहीन हुने कङ्ग्रेस नेता विनय तामाङले बताएका छन्।

किनभने  दार्जिलिङ, तराई अनि डुवर्सका जनता अनि गोर्खा जाति धेरै सचेत भएको उनको भनाइ छ।

भाजपाको पाँच वर्षे कार्यकालको अन्तिम संसद सत्रको आज अन्तिम दिन थियो। पछिल्लो लोकसभा चुनाउअवधि भाजपाले आफ्नो सङ्कल्प पत्रमा गोर्खालाई गरेका दुईवटा वाचामध्ये एउटै भए पनि पूरा हुनेछ भन्ने आशा थियो, तर त्यस्तो हुनसकेन।

यसैले तामाङले भाजपालाई ढँटवारे पार्टीको संज्ञा दिएका हुन्।

 ‘हामीले भारतीय जनता पार्टीमाथि विश्वास र भरोसा राखेको बसेको पनि १५ वर्ष पूरा भयो’, उनले आज एक प्रेस विज्ञप्ति जारी भनेका छन्, ’१० वर्षको मोदी शासनमा न हामी गोर्खा जातिले न्याय पायौँ न त दार्जिलिङ पहाड, तराई अनि डुवर्सले न्याय पायो।’

विनयका अनुसार आउँदो लोकसभा चुनाउको परिस्थिति २००९, २०१४ र २०१९ को जस्तो छैन।  चुनावी र राजनीतिक समीकरण धेरै परिवर्तन भइसकेको छ।

यसैले आउँदो लोकसभा चुनाउमा भाजपाको झुटो राजनीतिलाई जनताले उचित जवाफ दिने तामाङको दावी छ।  

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here