नयाँ दिल्ली, १० मार्च : लोकसभा चुनाउको घोषणाको प्रतीक्षा आज बेलुकी समाप्त हुनेछ। जानकारीका अनुसार, चुनाउ आयोगले आज (आइतबार) बेलुकी 5 बजे तारिखको घोषणा गर्नेछ। चुनाउको घोषणा भएलगत्तै आजैदेखि आचार संहिता पनि लागू हुनेछ।
विश्वस्त सूत्रका अनुसार, चुनाउ तारिखको घोषणाका लागि राष्ट्रिय राजधानीस्थित विज्ञान भवनको हल नम्बर-१ मा प्रेसवार्ता हुनेछ। लोकसभा चुनाउसँगै आन्ध्र प्रदेश, सिक्किम, ओडिशा, अरुणाचल प्रदेशमा विधानसभा चुनाउको तारिख घोषणा पनि हुनेछ।
आयोगका एक वरिष्ठ अधिकारीले बताएअनुसार शनिबार एक महत्त्वपूर्ण बैठक भयो, जसमा सबै सम्बन्धित अधिकारीहरूको उपस्थितिलाई अनिवार्य गरिएको थियो।
लोकसभा चुनाउ अप्रेल-मईमा गराइनेछ। मईको तेस्रो साता मत गणना हुनेछ। सात या आठ चरणमा मतदान हुने सम्भावना छ।
पहिलो मतदान १२ अप्रेलको दिन उत्तर पूर्वमा हुने सम्भावना छ। तारिखको घोषणापछि अघिल्लो साता पहिलो र दोस्रो चरणको मतदानका लागि चुनाउ पर्यवेक्षकहरूको बैठक हुनेछ। सुरक्षा र लजिस्टिकमाथि आयोगले गृह मन्त्रालयसँग कुराकानी गरिसकेको छ।