घर समाचार १४९ यात्रु सवार इथियोपियन विमान दुर्घटनाग्रस्त

१४९ यात्रु सवार इथियोपियन विमान दुर्घटनाग्रस्त

0
1242
इथोपियन एयरलाइन्सको विमान।

नयाँदिल्ली, १० मार्च : इथियोपियन एयरलाइन्सको एक विमान दुर्घटनाग्रस्त भएको छ। प्रधानमन्त्री कार्यालयले आइतबार ट्वीट गरी यो दुर्घटनाको जानकारी दिएको छ।

विमानमा १४९ यात्रु र ८ क्रू सदस्य सवार थिए। दुर्घटनामा सबै यात्रुको मृत्यु भएको आशङ्का जताइएको छ, यद्यपि अहिलेसम्म यसबारे कुनै आधिकारिक पुष्टि भएको छैन।

जानकारीका अनुसार इथियोपियन एयरलाइन्सको बोइङ 737-800MAX दैनिकी सेवामा अदिस अबाबाबाट केन्याको राजधानी नैरोबीका लागि बिहान उड़ेको थियो।

स्थानीय समयका  अनुसार, बिहान ८:३० बजे यो विमान अदिस अबाबाबाट उड़ेको थियो। यसको केही समयपछि ८:४४ बजे विमान सम्पर्कविहीन भएको थियो।

अर्कोतिर घटनाप्रति इथियोपियनका प्रधानमन्त्री अबि अहमदले ट्वीट गरी गहिरो शोक व्यक्त गरेका छन्।

कुनै टिप्पणी

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here