हिमफेदीका कथाहरू लिएर बिनीता

0
1952
हिमफेदीका कथाहरू लोकार्पण गरिँदै।

दार्जीलिङ, 10 मार्च : आइतवार साउथफिल्ड कलेजको प्रेक्षागृहमा बिनीता छेत्रीको कथा सङ्ग्रह ‘हिमफेदीका कथाहरू’ एक साहित्यिक कार्यक्रमबीच लोकार्पण गरियो।

कवि विनोद रसाइलीले अध्यक्षता गरेको उक्त लोकार्पण कार्यक्रममा साहित्यकार एम. ‘पथिक’ प्रमुख अतिथिको रूपमा उपस्थित थिए। कार्यक्रमका अध्यक्ष र प्रमुखअतिथि, कृतिकारलगायत अन्यको करकलमबाट ‘हिमफेदीका कथाहरू’ आज विधिवत् लोकार्पण गरिएको हो।

कार्यक्रममा पुस्तकमाथि कथाकार सन्ध्या छेत्रीले समीक्षात्मक टिप्पणी राखेकी थिइन् भने साहित्यकारद्वय सुरज धड़कन र नीरज थापाले भारतेली नेपाली कथाको क्रम तथा वर्तमान अवस्था र प्रवृत्तिमाथि संक्षेपमा आ-आफ्नो मन्तव्य राखेका थिए।

कवि कर्ण विरहले सञ्चालन गरेको उक्त कार्यक्रममा सञ्जोक खवास, आरती ठकुरी, महेन्द्र स्याङ्बो, ध्रुव चौहान र निरङ्कर थापाले आ-आफ्नो गजल, कविता र कथा वाचन गरेका थिए।

यसअवसरमा दार्जीलिङ, खरसाङ, बिजनबारी र राङभाङ  भेल्लीका साहित्यकारहरूको उपस्थिति थियो।

उल्लेखनीय छ, साहित्य लेखनप्रति प्रतिबद्ध देखिएकी युवा बिनीता छेत्रीले सन् 2016-मा नै ‘मनको साइनो’ कविता सङ्ग्रह प्रकाशित गरिसकेकी छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here