सिलगढ़ी, 10 मार्च : शुक्रबार केन्द्रिय मन्त्रीमण्डलले अनुमोदन गरेका दुईवटा केन्द्रिय विद्यालयको आइतवार भूमिपूजन कार्यक्रम सम्पन्न भयो। इलेक्ट्रानिक एवं सूचना प्रोद्योगिकी केन्द्रिय मन्त्री एसएस अहलुवालियाले आज सिलगढ़ीमा दुईवटा केन्द्रिय विद्यालयको भूमिपूजनसहित शिलान्यास गरे।
कार्यक्रममा एनएफ रेलवेको कटिहार डिभिजनको डीआरएम सीपी गुप्तासमेत वरिष्ठ मानिसहरूको उपस्थिति थिए।
यसअवधि इलेक्ट्रोनिक एवं सूचना प्रोद्योगिकी केन्द्रिय मन्त्री एसएस अहलुवालियाले भने, “सिलगढ़ीवासीका लागि यो खुशीको क्षण हो। आज केन्द्रिय विद्यालय भवनको आधारशिला राखिएको छ।”
यसभन्दा आज बिहान कावाखाली सीआरपीएफ क्याम्पमा केन्द्रिय विद्यालयको भूमिपूजन गरिएको थियो। यसपछि एनजेपी साउथ कलोनीमा केन्द्रिय विद्यालयको भूमि पूजन गरिएको हो।