हाम्रो काम र पार्टीलाई जनताले रुचाएका छन्: विनय

0
1119

खरसाङ, १० मार्चः गोजमुमो दोस्रो खेमाका अध्यक्ष विनय तामाङले उम्मेदवार घोषणा गरेकै दिन पार्टीको घोषणा-पत्र पनि सार्वजनिक गर्ने बताएका छन्।

आज खरसाङको पार्कलोकेशनस्थित सामुदायिक भवन सम्पन्न चुनावी समीक्षा सभालाई सम्बोधन गर्दै उनले यसबारे जानकारी गराएका हुन्।

२०१६ र १९-का मतदाताहरूको मानसिकता र २०२१-का मतदाताहरूको मानसिकतामा धेरै फरक आएको विनयले बताए।

तामाङको दावीका अनुसार उनीहरूले गरिरहेका कार्य र पार्टीलाई जनताले रुचाएका छन्। त्यसैले जनताको मायालाई कदर गर्न सक्नुपर्छ, जनतालाई धोका दिने कार्य गर्नु हुँदैन।

उनले यो विधानसभा चुनाउमा हिन्दी, बङ्ग्ला र ठेट नेपाली गीत बजिरहेको बताउँदै भने, “हामी आफ्नै नेपाली गीतमा नाच्नेछौँ।”

आजको चुनावी समीक्षा सभामा विनय तामाङलगायत पार्टी महासचिव अनित थापा तथा १३ वटा समष्टिका प्रतिनिधिहरूको विशेष उपस्थिति रहेको थियो।

बैठकमा हाल पार्टीले  खरसाङ विधान सभाबाट आफ्ना उम्मेदवारलाई विजयी बनाउन तृणमूल स्तर भइरहेका कार्य र रणनीतिबारे छलफल गरिएको थियो भने खरसाङ विधानसभाका चुनाउ संयोजक मोहन लामाले चुनाउ कमिटीले अहिलेसम्म गरेका कार्यहरूबारे प्रतिनिधि राखेका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here