मतदानअवधि हिंसाः केन्द्रीय सुरक्षा बलको गोली लागेर चारजनाको मृत्यु

0
1419

कोलकाता, १० अप्रेलः पश्चिम बङ्गालमा आज भइरहेको चौथो चरणको भोटिङअवधि कोचबिहार जिल्लाको सितलकुची विधानसभा क्षेत्रअन्तर्गत माथाभङ्गा खण्डको जोरपाटी क्षेत्रमा केन्द्रीय औद्योगिक सुरक्षा बलको (सीआईएसएफ)-को गोली लागेर चारजना नागरिकको मृत्यु भएको छ।

मारिएका चारैजना तृणमूल कङ्ग्रेसका कार्यकर्ता रहेको बताइएको छ।

यसैबीच तृणमूल नेता डोला सेनले यस घटनाको जानकारी दिएअनुसार केन्द्रीय बलले दुई ठाउँमा फाइरिङ गऱ्यो। उनका अनुसार केन्द्रीय बलले पहिला माथाभङ्गा ब्लक-१ मा फाइरिङ गऱ्यो, जहाँ गोली लागेर एक व्यक्तिको मृत्यु भयो, जबकि तीनजना घाइते भए। यसैगरी केन्द्रीय बलले सितलकुची ब्लकमा पनि फाइरिङ गऱ्यो, जसमा तीन व्यक्तिको मृत्यु हुनका साथै एक व्यक्ति घाइते भए।

तृणमूल नेता सेनले केन्द्रीय सुरक्षा बलले मानिसहरूमाथि अत्याचार गरेको आरोप पनि लगाइन्।

पुलिसका एक वरिष्ठ अधिकारीका अनुसार यो घटना सितलकुचीमा भोटिङअवधि भएको हो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here