छैटौं चरणको मतदानअवधि बङ्गालमा ७१ हजारभन्दा बढ़ी सुरक्षा बल तैनाथ गरिने

0
1241
साङ्केतिक फोटो

कोलकाता/नयाँदिल्ली, १० मई : आगामी १२ मईको दिन सम्पन्न हुने छैटौं चरणको मतअवधि बङ्गालमा ७१ हजारभन्दा बढ़ी सुरक्षाकर्मी तैनाथ गरिनेछ। यस दिन बङ्गालका ८ वटा सीटमा मतदान हुनेछ।

बङ्गालमा हिंसामुक्त मतदानका लागि केन्द्र सरकारले यति धेरै सङ्ख्यामा सुरक्षा बल तैनाथ गर्ने निर्णय गरेको हो। गृह मन्त्रालयका अधिकारीहरूले यसबारे जानकारी गराएका छन्। आइतबार बङ्गालका तमलुक, काँठी, गाथल, झाड़ग्राम, मेदिनीपुर, पुरुलिया, बाँकुरा र विष्णुपुर संसदीय सीटमा चुनाउ हुनेछ।

गृह मन्त्रालयका अधिकारीहरूका अनुसार बङ्गालको माओवादी प्रभावित जङ्गलमहल क्षेत्रमा आईईडी विस्फोटकबाट बच्नका लागि सुरक्षा बलहरूलाई वाहनमा आउजाउ नगर्ने निर्देश दिइएको छ।

१२ मईको दिन सम्पन्न हुने मतदानका लागि ७१३ कम्पनी तथा ७१,३०० महिला एवं पुरुष सुरक्षाकर्मीहरूलाई बङ्गालमा चुनावी ड्युटीमा तैनाथ गरिने गृह मन्त्रालयले बताएको छ।

गृह मन्त्रालयका अनुसार केन्द्रिय सशस्त्र पुलिस बलमा सीआरपीएफ, सीआईएसएफ, एसएसबी, आईटीबीपी, आरपीएफ र आरएएफका ६०२ कम्पनी र राज्य सशस्त्र पुलिसका १११ कम्पनी तैनाथ गरिनेछ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here