सिक्किमकी पहिलो महिला पत्रकार सन्तोष निराशको निधन

0
1190

गान्तोक, १० जूनः सिक्किमकी पहिलो महिला पत्रकार सन्तोष निराशको आज बिहान ६ बजे निधन भएको छ। उनी ९२ वर्ष पुगेकी थिइन्।

३ अक्टोबर १९२८-मा जन्मेकी उनी लामो समयदेखि सिक्किमको पत्रकारितामा संलग्न थिइन्।

 सन् १९७३ सालदेखि पत्रकारितामा संलग्न निराश सिक्किमेली महिला पत्रकारहरूका पायोनियर थिइन्।

निरास सम्पादित एवं प्रकाशित हिन्दी जमाना सदाबहार साप्ताहिक अहिले पनि निरन्तर प्रकाशित हुँदै आएको छ।

‘जमाना सदाबहार’ पत्रिका सिक्किमकै पहिलो हिन्दी साप्ताहिक हो।

सन्तोष निराश प्रेस क्लब अव् सिक्किमकी संस्थापक सदस्यसमेत रहेकी थिइन् भने पत्रकार समूहमा ‘माँ जी’ सम्बोधनले चिनिन्थिन्।

शुरूमा शिक्षण पेशासँग सम्बद्ध रहेकी उनी त्यसपछिका रहल जीवन पत्रकारितामा बिताएकी थिइन्। उनको सिङ्गो परिवार नै पत्रकारितासँग संलग्न छन्।

उनका पति पीएस निराश पनि लामो समयसम्म पत्रकारितामा संलग्न रहेका थिए।

सिक्किमेली पत्रकारितामा पुऱ्याएको निरन्तर र उल्लेखनीय सेवाका लागि उनी राज्य सरकारलगायत थुप्रै सङ्घ-संस्थाद्वारा सम्मानित भएकी थिइन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here